सडक भत्कने गरी चलाएको भन्दै हाईस्कूलटारमा हेभी टिपर रोकियो

  • ख-
  • ख+

दमौलीः सडक नै भत्कने गरी हेभी टिपर सञ्चालन गरिएको भन्दै स्थानीयले व्यास १ हाईस्कूलटारमा टिप्पर रोकेका छन् । नमूना ग्रीड एण्ड क्रसरबाट गिटी बालुवा लिएर ओहोरदोहोर गरेका चार टिपर आदिकवि भानुभक्त क्याम्पस नजिकैको सडकमा रोकिएको हो ।


एक महिना अघि राती ६ देखि ९ बजेसम्म मिनी ट्रक मात्र चलाउने सहमति भए पनि हाल विहान तथा अरु बेला पनि नियमित रुपमा टिपर चल्न थालेकाले रोक लगाइएको स्थानीयले बताएका छन् ।


यस अघि बुद्धसिं मार्ग, विज्ञानचौर र हाईस्कूलटार टोलबीच भएको सहमतिमा भत्किएको सडक मर्मत गर्ने, साना ट्रक चलाउने र निश्चित समयमा मात्र चलाउने सहमतिमा जनप्रतिनिधि, टोलका प्रतिनिधि र क्रसरका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।


यता,ट्राफिक प्रमुख रेशम रानाभाटले स्थानीयबीचको सहमति थाहा नभए पनि आफूले विवाद बुझेर समाधानमा लाग्ने बताए । ‘उहाँहरुको सहमति के थियो बुझेर समस्या समाधानमा लाग्छौं,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी