गण्डकीमा कोरोनाः संक्रमणका कारण थप चारको ज्यान गयो

  • ख-
  • ख+

पोखराः कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा सोमबार एकै दिन चार जनाको थप ज्यान गएको छ । ज्यान जानेमा पोखराका दुई, म्याग्दीका एक र स्याङजाका एक छन् ।


पोखराको मेडिप्लस अस्पतालमा ज्यान जानेमा पोखरा महानगरपालिका १ की ५५ वर्षिया महिला तथा पोखरा २५ का ९१ व्र्षका वृद्ध छन् ।


यसैगरी म्याग्दी रघुगंगा ३ का ७८ वर्षका वृद्ध तथा स्याङजा वालिङ १२ का ५८ वर्षका पुरुषको समेत ज्यान गएको छ । हालसम्म संक्रमणका कारण प्रदेशमा दुई सय १५ जनाको ज्यान गएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी