प्रशासनको आदेश : वैशाखभर धार्मिक संस्था, जिमखाना, दोहोरी घरलगायतका स्थान बन्द

  • ख-
  • ख+

दमौलीः तनहुँ प्रशासनले तनहुँमा कोरोना जोखिम बढेको भन्दै वैशाख महिनाभर सिनेमा हल, पार्टी प्यालेस, दोहोरी घर, जिमखानासहितका भिडभाड हुने ठाउँका गतिविधि रोक्ने निर्देशन दिएको छ ।


प्रशासनले जारी गरेको सूचनामा यस अवधिमा मठ मन्दिर, चर्च, गुम्बा तथा मस्जिदलगायतका धार्मिक स्थलमा समेत जमघट नगरीकन पूजा, ध्यान र प्रार्थना गराउन भनिएको छ ।


तालिम र सभा समारोह सञ्चालन गर्दा २५ जनाभन्दा बढी नराख्न तथा सबै कार्यक्रममा स्वास्थ्य मापदण्ड पालना गर्न समेत आग्रह गरिएको सूचनामा सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले हस्ताक्षर गरेर जारी गरिएको छ ।


प्रशासनले होटल तथा रेष्टुरेन्ट राती आठ देखि विहान आठ बजेसम्म बन्द गर्न पनि भनेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी