संक्रमितमा विद्यालयका शिक्षक पनि, स्वास्थ्य मापदण्ड पालनामा लापरवाही गरिंदा विद्यार्थी जोखिममा

  • ख-
  • ख+

दमौलीः विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरेर पठनपाठन सञ्चालन गर्ने भनिए ता पनि ग्रामीण क्षेत्रका कतिपय विद्यालयमा यस विषयमा गम्भीरता कम देखिएको छ ।

यसले कोरोना संक्रमणको जोखिम विद्यालयमा पनि सर्ने खतरा बढेको छ । आईतबार तनहुँमा संक्रमित भेटिएका १० मध्ये एक जना शिक्षक समेत रहेको खुलेको छ ।


ऋषिङ एक कोईदिमको अमर आधारभूत विद्यालयमा पठनपाठन गर्दै आएका ती शिक्षक बिरामी भए पछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण भेटिएको हो । तर ती शिक्षक एक सातायता बिरामी परे पछि विद्यालय भने नगएको पारिवारिक श्रोतले जनाएको छ ।


आईतबार बसेका दुई बेग्लाबेग्लै जिल्लास्तरीय बैठकले विद्यालयमा स्वास्थ्य मापदण्डको पालना गर्ने र सकेसम्म भर्चुअल कक्षामा जोड उल्लेख छ ।

छिमेकी भारतमा तीव्रदरमा कोरोना संक्रमण फैलिरहँदा र कम उमेरकामा पनि घातक संक्रमण देखिइरहँदा सजगता अपनाउन नसकिएमा यसले थप क्षति निम्त्याउने जानकारहरुको विष्लेषण छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी