डिसीएमसी निर्णयः ‘सकेसम्म भर्चुअल कक्षा, नभए २५ जना मात्र राखेर पठनपाठन’

  • ख-
  • ख+

दमौलीः कोरोना संकट देशैभर गहिरिंदै जाँदा तनहुँमा सम्भव भएसम्म भर्चुअल कक्षा सञ्चालन गर्न जिल्ला संकट व्यवस्थापन समिति(डिसीएमसी)ले निर्णय गरेको छ ।


आईतबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी सागर आचार्यको संयोजकत्वमा बसेको स्थानीय तहका जनप्रतिनिधि र सरकारी अधिकारीसमेत सहभागी बैठकले शिक्षण संस्थामा भर्चुअल विधि प्रयोग सम्भव नभएमा एउटा कक्षामा २५ जनासम्म मात्र राखेर तथा स्वास्थ्य मापदण्ड पालना गरेर पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।


बैठकले नजिकिंदै गरेका परीक्षाहरु दुरीसहित स्वास्थ्य मापदण्ड पालना गरेर दुई सिफ्टमा गर्ने पनि निर्णय गरेको छ ।
यसअघि जिल्ला शिक्षा विकास तथा समन्वय एकाईको बैठकले स्वास्थ्य मापदण्ड पालना गरेर उच्च सतर्कताका साथ स्थानीय तहहरुमा पठनपाठन अघि बढाउने निर्णय गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी