शिक्षा प्रमुखहरुको निर्णयः उच्च सतर्कताका साथ तनहुँमा पठनपाठन चलाइने

  • ख-
  • ख+

दमौलीः तनहुँका स्थानीय तहका शिक्षा प्रमुखहरुले कोभिड महामारी बढ्दो क्रममा रहेको भन्दै स्वास्थ्यका मापदण्ड पालना गरेर उच्च सतर्कताका साथ पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ ।


जिल्ला शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख रमाकान्त शर्माको अध्यक्षतामा बसेको बैठकमा यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको मापदण्ड पालना गर्न विद्यालयहरुलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।


बैठकले कक्षा एक, दुई, तीन र छ मा नयाँ पाठ्यक्रम लागू हुने अवस्थामा विद्यालयमा अनिवार्य रुपमा कम्तिमा एक थान नयाँ पाठ्यक्रम राख्न तथा शिक्षकहरु बीचमा नयाँ पाठ्यक्रमको बारेमा छलफल गर्ने निर्णय गरिएको छ ।


बैठकले स्थानीय तहको नेतृत्व र समन्वयमा पालिकास्तरमा नयाँ पाठ्यक्रम कार्यान्वयन तालिम सञ्चालन गर्ने निर्णय पनि गरेको शिक्षा प्रमुख शर्माले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी