कोरोना महामारीःतनहुँका सबै आईसोलेसन सेन्टर पुनः सञ्चालनमा आउने, विदेशबाट आउनेका लागि १० दिन अनिवार्य क्वारेन्टिन

  • ख-
  • ख+

दमौलीः यस अघि कोरोना संक्रमण कम भएका कारण सञ्चालन बन्द भएका तनहुँका सबै तहका आईसोलेसन सेन्टरलाई पुनः सञ्चालनमा ल्याउने जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसीएमसी)ले निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको संयोजकत्वमा स्थानीय तहका जनप्रतिनिधिसहित बसेको बैठकले यस्तो निर्णय गरेको हो ।


बैठकले तनहुँको बेलचौतारास्थित सेतीगंगा सामुदायिक अस्पताललाई २५ बेड हाई डिपेन्डेन्सी युनिटसहित कम्तिमा ५० बेड आईसोलेसनका लागि तयार राख्ने निर्णय गरेको छ ।

देशैभर कोरोना जोखिम बढ्दै जाँदा हरेक तहलाई भारतसहित अन्य मूलुकबाट आउनेका लागि १० दिन अनिवार्य रुपमा क्वारेन्टिनमा राख्नका लागि स्थानीय तहले व्यवस्थापन गर्ने र सोको अनगुमनको व्यवस्था गर्नेसमेत निर्णय बैठकले गरेको छ ।


अब स्वास्थ्य मापदण्ड सवारी साधनले पालना गरे नगरेको अनुमगन समेत बढाउने भन्दै बैठकले यसका लागि ट्राफिक प्रहरीसँगै नेपाल प्रहरी र स्थानीय तहलेसमेत कारवाही गर्ने निर्णय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी