सलमान अलिको संयोजकत्वमा व्यासमा विवेकशिल साझाको कमिटी

  • ख-
  • ख+

दमौलीः सलमान अलिको संयोजकत्वमा व्यास नगरपालिकामा विवेकशील साझा पार्टीको नगर समिति गठन गरिएको छ । पार्टी जिल्ला संयोजक सागर घिमिरेको संयोजकत्वमा भएको एक कार्यक्रमबाट १९ सदस्यीय व्यास नगर समिति गठन गरिएको हो । नगरपालिकाको सह–संयोजकमा विप्लता ढुंगाना चयन भएकी छन् ।


यसैगरी, सदस्यहरुमा बिरोध श्रेष्ठ, महमद गफार, रुपेश पन्थ, शुशिलकुमार श्रेष्ठ, उमेश पौडेल, हसिना वानु, खेमराज परियार, हमिफ महमद, टुकराज अधिकारी, सिकन्दर बक्स, आशा बस्नेत, सरस्वती कार्की आले, राजन सापकोटा, टिकाराम छिमाल, सुर्यबहादुर बि.क., लक्ष्मण गुरुङ र सुरेस मझकोटी छन् ।


कार्यक्रममा विवेकशिल साझा पार्टीका सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख निर्देश सिलवालले पार्टीले देशव्यापीरुपमा संगठन विस्तारमा लागेको जानकारी दिए । सचिवालय सदस्यएंव गण्डकी प्रदेश संयोजक महेश भण्डारीले पार्टीले गण्डकी प्रदेश अन्र्तगत सात वटा जिल्लामा संगठन निर्माण गरिसकेको र बाँकी जिल्लाहरुमा चाँडै संगठन विस्तार गर्ने जानकारी गराएका थिए ।


प्रतिवद्धता मन्तब्य राख्दै नव घोषित व्यास नगर संयोजक अलीले देशको राजनीति बिग्रंदै गएकाले यसको सुधारका निम्ती युवाहरु राजनीतिमा प्रत्यक्ष सहभागी हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सुशीला केसी अधिकारी, रजनी केसी, तृष्णा भण्डारी, आशुतोष प्रधान, रोशनी अधिकारी, सरोज गौतम, गण्डकी प्रदेश सदस्य तथा प्रदेश सचिवालय प्रमुख सुदीप ओझा, प्रदेश सदस्य तथा अभियान विभाग प्रमुख अशोक खड्का, प्रदेश सदस्य दिनेशकुमार थापा, कास्की संयोजक फणिन्द्र अधिकारी, पोखरा महानगर संयोजक अजय श्रेष्ठ, तनहुँ जिल्ला सदस्य नगेन्द्र शर्मा, कास्कीका पूर्व संयोजक एकराज न्यौपाने, पोखरा महानगरका पूर्व संयोजक मनकाजी गुरुङ, स्थानिय नेता रमेशप्रसाद आचार्य लगायतका नेताहरुले नवघोषित कार्यसमितिलाई शुभकामना सन्देश दिएका थिए ।


पार्टी जिल्ला संयोजक सागर घिमिरे तथा सह संयोजक नगेन्द्र शर्मा ढुंगानाले संगठनलाई भावी दिनमा विस्तार गर्दै लगिनेमा जोड दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी