पत्रकार महासंघ तनहुँको पदस्थापना

  • ख-
  • ख+

दमौली: गत चैत्र २५ गते सम्पन्न नेपाल पत्रकार महासंघकाे निर्वाचनमा विजयी नवनिर्वाचित पदाधिकारीहरूकाे पदस्थापना भएकाे छ।


नेपाल पत्रकार महासंघ तनहुँ शाखा तथा निर्वाचन समिति तनहुँकाे आयाेजनामा सम्पन्न प्रमाण पत्र वितरण तथा पदस्थापना कार्यक्रममा नवनिर्वाचित केन्द्रीय सदस्य ,केन्द्रीय परिषद्,प्रदेश परिषद् लगाएत सम्पूर्णलाई निर्वाचन समितिकाे तर्फबाट प्रमाणपत्र वितरण गरिएकाे थियाे।कार्यक्रमकाे उद्घाटन गर्दै प्रदेश सभा सांसद सरिता गुरूङले पत्रकारितालाई निष्पक्ष र पारदर्शी वनाउन पत्रकारका आचारसंहिता तथा साझा धर्मलाई कहिल्यै भुल्न नहुने तर्क राख्दै नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई सफल कार्याकालकाे शुभकामना दिएकी थिइन्।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले,प्रमुख जिल्ला अधिकारी सागर आचार्य,जिल्ला प्रहरी उपरीक्षक अरूण पाैडेल, निर्वाचन संयाेजक तथा वरिष्ठ अधिवक्ता कमलामाेहन वाग्ले, पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य प्रदिप काफ्ले ,केन्द्रीय सदस्य त्रिभुवन पाैडेल,प्रदेश अध्यक्ष नारायण शर्मा लगाएतले पत्रकारकाे सेवाप्रवाह र जाेखिम बढि अवसर कम भएकाले पेसालाई स्थाइ र दिगो वनाउन सबै सराेकारवालाहरू तात्नुपर्ने धारणा राखेका थिए।

पदस्थापना कार्याक्रमलाई आैपरिकता दिदै निवर्तमान अध्यक्ष आचार्यले नवनिर्वाचित अध्यक्ष पाैडेललाई दस्तावेजीकरण पुस्तिका हस्तान्तरण गरेका थिए।निवर्तमान अध्यक्ष अाेमकार आचार्यकाे अध्यक्षयतामा सुरू गरिएकाे कार्यक्रम पदस्थापना पछि नवनिर्वाचित अध्यक्ष उज्ज्वल पाैडेलले समापन गर्दै संक्षेपमा आफ्ना पत्रकारका पेसागत तथा व्यवसायिक एजेन्डा तथा भावि याेजना समेत प्रस्तुत गरेका थिए।

पाैडेलले अग्रज पत्रकारहरूलाई सम्मान गर्दै सल्लाह ,सुझाव,साथ,समर्थन र सहकार्य काे अपेक्षा गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी