वैदेशिक रोजगारीबाट फर्केकालाई व्यवसायमा लगाउन उद्यमशिलता तालिम

  • ख-
  • ख+

दमौली: वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसायमा संलग्न हुन चाहनेलाई सुरक्षित तनहुँमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)ले वित्तिय साक्षरता तथा उद्यमशिलता तालिम प्रदान गरेको छ ।


सामी परियोजनालागु भएको तनहुँका व्यास, भानु र शुक्लागण्डकी नगरपालिका तथा म्याग्दे गाउँपालिकाका २० युवालाई प्रदान गरिएको पाँच दिने तालिम बिहिबार समापन भएको छ ।
बैदेशिक रोजगारका सिलसिलामा मलेसियासहित खाडी मुलुकहरुमा काम गरेर नेपालमै उद्योग व्यवसाय गरिरहेका र व्यवसाय संचालन गर्ने तयारीमा रहेका त्यस्ता युवालाई तालिम दिइएको हो ।


तालिमपश्चात सहभागीहरुले आफ्नो वित्तिय योजना सहित विभिन्न व्यवसाय गर्नेछन् ।स्थानीय तह र कार्यक्रम संचालन सेवाप्रदायक संस्थाले निरन्तर अनुगमन समेत गर्ने परियोजनाले जनाएको छ ।


तालिमको समापन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले वैदेशिक रोजगारीमा गएर आएका व्यक्तिहरुलाई स्थानीयस्तरमा नै व्यवसाय गर्नेहरुलाई नगरपालिकाले विशेष प्राथमिकता दिने प्रतिवद्धता जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी