बिहेमा २५ जना मात्रै !

  • ख-
  • ख+

काठमाडौंः वैशाखमा बिहेको साइत जुराउनुभएको छ ? बिहेमा साथीभाई, आफन्त र इष्टमित्रलाई बोलाएर भव्य पार्टी गर्ने योजना त बुन्नुभएको छैन ? छ भने अब सचेत हुनुस् ।

कोरोना भाइरसको संक्रमण बढेर जोखिम देखिएको भन्दै सरकारले २५ जना भन्दा बढी बिहेमा सहभागी हुन नपाउने निर्णय गरेको हो ।

सोमबारको बसेको मन्त्रिपरिषद् बैठकले विवाह मात्र नभएर यस खालका लगायतका सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको हो ।


संचार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले विवाह, व्रतबन्ध, मेला, महोत्सव, जात्रामा जाँदा २५ जनाभन्दा धेरै भेला हुन नपाइने निर्णय गरिएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी