उद्योग वाणिज्य संघका निर्वाचित पदाधिकारीद्वारा ¥याली

  • ख-
  • ख+

दमौलीःतनहुँ उद्योग वाणिज्य संघ तथा संघको दमौली बजार एकाईका निर्वाचित पदाधिकारीहरुको विजय ¥याली निकालिएको छ ।


शनिबार सम्पन्न निर्वाचनबाट निर्वाचित अध्यक्ष पबिन्द्रकुमार श्रेष्ठसहित सर्वसम्मत प्रथम उपाध्यक्ष ईमकुमार मल्ल, द्वितिय उपाध्यक्ष कुमार मल्ल, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ तथा वस्तुगत सदस्यमा निर्वाचित कृष्ण सुनार र एसोसिएट सदस्य शिवओम मल्लसँगै बजार एकाईका निर्वाचित सभापति भुपाल आलेसहित पदाधिकारीहरुले बजारमा ¥याली गरेका हुन् ।


पदाधिकारीहरुले बजारका विभिन्न भागको परिक्रमा गरेर बधाई ग्रहण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी