सशस्त्रले अवरुद्ध खुलायो राजमार्ग

  • ख-
  • ख+

दमौली: हावाहुरी पछि रुख लडेर अवरुद्ध पृथ्वी राजमार्ग शसस्त्र प्रहरी बलले खुलाएको छ ।

हावाहुरीका कारण बन्दीपुर गाउँपालिका ४ स्थित हुलाक कार्यालय डुम्रे बजार नजिकै बाटोमा सिसौको रुख ढलेर साँझ केहीबेर अबरुद्ध पृथ्वी राजमार्ग सशस्त्र प्रहरी बल मनकामना भानुबाट खटिएको प्रहरी टोलीले खुलाएको हो ।

सहायक प्रहरी निरीक्षक भरत चौधरीको कमान्डमा गएको टोलीले बाटो खुलाए पछि राजमार्गको यातायात नियमित बनेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी