तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भए पछि श्रेष्ठले भने,‘आज हामी सबैको जीत भएको छ’ (भिडियोसहित)

  • ख-
  • ख+

दमौलीः तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पबिन्द्रकुमार श्रेष्ठले सबैको भावना समेटेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । निर्वाचित भएलगत्तै परिणाम सार्वजनिक गर्न आयोजित सभामा बोल्दै उनले भने,‘आजको जीत हामी सबैको जीत भएको छ । कसैको पनि हार भएको छैन । म सबैको भावना समेटेर अघि बढ्नेछु ।’


१४ औं महाधिवेशनमा आफू सफल हुन नसके पनि यसपाली आफूलाई अगाध स्नेह र मायाका साथ जिताएको भन्दै मतदाताप्रति खुशी प्रकट गरेका उनले भने,‘म यहाँहरुको अमूल्य मतको ऋणी भएको छु । अबका संघका गतिविधि सबै व्यवसायीको आत्मसम्मान उच्चो बनाउन लाग्नेछु ।’


अग्रज धरोहरको प्रेरणाले अघि बढ्नेछु
श्रेष्ठले आफ्नो विजय मन्तव्यका क्रममा पूर्व अध्यक्षसहित अग्रजप्रति आभार प्रकट गरे । ‘अग्रजहरुको प्रेरणा र सद्भावले २०५८ सालदेखि निरन्तर संघका विभिन्न महत्वपूर्ण पदमा रहेर सेवा गर्ने अवसर पाएको थिएँ,’ उनले भने,‘अग्रज र धरोहरहरुप्रति आभार प्रकट गर्दछु ।’


श्रेष्ठले सबै व्यवसायीको भावना समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए । संघका अध्यक्ष मानकाजी श्रेष्ठले निर्वाचित सबै पदाधिकारीलाई बधाई ज्ञापन गरे । कार्यक्रममा निर्वाचन समितिका सदस्य शिवदत्त ढकालले निर्वाचनको परिणाम घोषणा गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी