दाउन्नेमा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु ,२ जनाको अवस्था गम्भीर

  • ख-
  • ख+

दाउन्ने: शनिबार साँझ भएको यात्रु बहाक बस दुर्घटनामा परि गम्भिर घाईते भएका ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका दुई स्थित दाउन्नेमा यात्रु बहाक बस अयिन्त्रीत हुन पुग्दा सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको हो । बुटवलबाट नारायणगढ तर्फ आउदै गरेको ना ५ ख ७००० नम्बर बस दाउन्ने बजार देखि ५० मिटर पूर्व सडकबाट भिरमा खसेको थियो । मृत्यु हुनेमा ईलाम निवासी २५ वर्षकी धनु दर्लामी , मकवानपुर बकाया स्थाई घर भई हाल दाउन्ने स्थीत बौद्ध गुम्बामा बस्ने ५७ वर्षका ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका निवासी ७२ वर्षका हिमलाल न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको डिएसपी दिलिप कुमार गिरीले जानकरी दिए । तीन जनाकै उपचारको क्रममा गएराति मृत्यु भएको उनले बसमा सवार ३१ जना घाईते भएका थिए , जसमध्ये ५ जनाको अवस्था गम्भिर रहेकोमा ३जनाको मृत्यू भएको र अन्य दुई जनाको अवस्था चिन्ताजनक रहेको गिरीले जानकारी दिए । अन्य घाईतेहरुको उपचार भईरहेको छ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी