अध्यक्ष श्रेष्ठलाई बधाई दिंदै प्रत्यासी मिश्रले के भने ? (भिडियोसहित)

  • ख-
  • ख+

दमौलीः तनहुँ उद्योग वाणिज्य संघको १६ औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित पबिन्द्रकुमार श्रेष्ठलाई प्रत्यासी बैकुण्ठनाथ मिश्रले बधाई दिएका छन् ।

निर्वाचनको परिणाम सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई बधाई दिंदै परिणामलाई सहर्ष स्विकार्ने बताए । उनले श्रेष्ठलाई सोही पोष्टमार्फत बधाई दिएका थिए ।


मतपरिणाम सार्वजनिक र बधाई कार्यक्रममा सहभागी बनेका मिश्रले मन्तव्य व्यक्त गर्दै श्रेष्ठलाई भेटेर बधाई तथा शुभकामना दिएका थिए ।
बधाई मन्तव्य दिंदै मिश्रले भने,‘ म आज अत्यन्त गौरवान्वित भएको छु । आज उहाँ मात्र सफल हुनुभएको छैन । आज सम्पूर्ण राजनीतिक पार्टीहरु एक ढिक्का भएर उहाँलाई सहयोग गर्नुभएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु । सबै पूर्व अध्यक्षले उहाँलाई साथ दिनुभएकोमा धन्यवाद ।’


मिश्रले श्रेष्ठको कार्यकाल अत्यन्त सौहार्द, सुखद् बनोस् भन्दै बाहिरबाट जे जस्तो सल्लाह र सुझाव दिएर सघाउने प्रतिवद्धता जनाए । ‘चुनावमा कोही मेरा र कोही उहाँका पक्षमा हुन सक्छन् । सबैलाई समान व्यवहार गरेर अघि बढ्न म आग्रह गर्दछु,’ मिश्रले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी