तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा पबिन्द्रकुमार श्रेष्ठ निर्वाचित (भिडियो सहित )

  • ख-
  • ख+

दमौली: तनहुँ उद्योग वाणिज्य संघको १६ औं महाधिवेशनबाट अध्यक्षमा पबिन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

कडा प्रतिष्पर्धात्मक मतदानमा श्रेष्ठले अध्यक्षका अर्का प्रत्यासी बैकुण्ठनाथ मिश्र माथि जीत दर्ता गरेका हुन् ।

अध्यक्षमा विजयी श्रेष्ठले ८०६ मत पाए । अध्यक्षका प्रत्यासी मिश्रले ६६५ मत पाएका छन्। यस मतका आधारमा श्रेष्ठ विजयी भएका छन् ।

१४ औं महाधिवेशनमा अध्यक्षमा कृष्णराज पण्डितसंग पराजित श्रेष्ठले यो चुनावमा भने सहज जीत दर्ता गर्दै नेतृत्वमा जाने लामो इच्छा पूरा गरेका छन् ।मतदानमा कुल १४९४ मत खसेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी