तनहुँ उद्योग वाणिज्य संघ महाधिवेशनः मतगणना प्रक्रिया शुरु

  • ख-
  • ख+

दमौलीः तनहुँ उद्योग वाणिज्य संघको १६ औं महाधिवेशनमा अध्यक्ष पदका लागि सम्पन्न मतदानको मतगणना प्रक्रिया शुरु भएको छ । विहान आठ बजे शुरु भएर दिउँसो साढे ४ बजेसम्म चलेको मतदान प्रक्रिया पछि ७ बजेबाट मतगणनाको प्रक्रिया थालिएको हो ।


अहिले मतपत्र सर्टिङको काम चलिरहेको छ । लगत्तै मतगणना हुनेछ । शनिबार भएको मतदानमा एक हजार चार सय ९४ मत खसेको छ ।


अध्यक्षका प्रत्यासीद्वय वर्तमान प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र र पूर्व महासचिव पबिन्द्रकुमार श्रेष्ठबीच यसपाली कडा प्रतिष्पर्धा भएको ठानिएको छ ।

मतगणनाको परिणाम आजै रातीसम्म आउने अपेक्षा गरिएको निर्वाचन संयोजक एवं नेपाल बार एसोसिएसन तनहुँ जिल्ला अदालत बार एकाईका अध्यक्ष भानुभक्त सुवेदीले दमौली न्युजलाई बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्