तनहुँ उद्योग वाणिज्य संघ महाधिवेशनः कांग्रेसले आधिकारिक उम्मेदवार तय गर्दै

  • ख-
  • ख+

दमौलीः तनहुँ् उद्योग वाणिज्य संघको १६ औं महाधिवेशनमा आफूनिकट आकांक्षीबीच नै प्रतिष्पर्धा हुने देखिए पछि नेपाली कांग्रेस नेतृत्व सहमतिको अन्तिम कसरतमा छ ।

अहिले विहान १० बजेसम्म उम्मेदवारी फिर्ताको अन्तिम समय रहेका बेला पार्टीले सकेसम्म अध्यक्षसहितका आकांक्षीबीच सहमति गराउने नभए आधिकारिक उम्मेदवार तोक्ने रणनीति बनाएको छ ।


नाम उल्लेख गर्न नचाहेका पार्टीका एक जिल्लास्तीय नेताका अनुसार सहमति नभएमा अध्यक्ष पदमा पार्टीले उम्मेदवार तोक्नेछ । सहमति नभएका खण्डमा उम्मेदवार तोक्ने योजना छ ।
यसका लागि पार्टीले उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, नगर सभापति शान्तिरमण वाग्ले र संघका पूर्व अध्यक्ष कृष्णराज पण्डित रहेको समितिलाई जिम्मा दिएको छ ।

पार्टीले बनाएको सोही हाईकमाण्डले उम्मेदवारबारे नीति बनाउने ती नेताले जानकारी दिए ।
कोषाध्यक्षमा सर्वसम्मति भएको अवस्थामा प्रथम र द्धितिय उपाध्यक्षमा पनि सहमति हुने सम्भावना छ ।

तर अध्यक्षका प्रत्यासी वर्तमान प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र र पूर्व महासचिव पबिन्द्रकुमार श्रेष्ठ दुवै आफू पछि नहट्ने अडानमा रहे पछि नेतृत्वलाई सहमतिमा जान समस्या भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्