अध्यक्ष मिश्रलाई सघाउने बीउ व्यवसायी संघको घोषणा

  • ख-
  • ख+

दमौलीः नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति तनहुँले तनहुँ उद्योग वाणिज्य संघमा अध्यक्षका प्रत्यासी बैकुण्ठनाथ मिश्रलाई सघाउने घोषणा गरेको छ ।


संघका केन्द्रीय सदस्य गुञ्जमान कोईराला तथा जिल्ला सचिव सुरेशचन्द्र घिमिरेद्वारा जारी विज्ञप्तिमा संघका जिल्ला अध्यक्ष मिश्रले तनहुँ उद्योग वाणिज्य संघको १६ औं महाधिवेशनमा उम्मेदवारी दिएकाले उनका पक्षमा ऐक्यवद्धता जनाएको उल्लेख गरिएको छ ।


संघले मिश्रका पक्षमा मतदान गर्न समेत व्यवसायीलाई अपिल गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी