व्यासमा आईतबारबाट सार्वजनिक यातायात खुला

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले आईतबारबाट सार्वजनिक यातायात सञ्चालनको अनुमति दिएको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेद्वारा जारी विज्ञप्तिमा आईतबारबाट विहान ७ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न अनुरोध गरिएको छ ।

विज्ञप्तिमा छिमेकी तह वा संघ सरकारले थप निर्णय गरेमा सोही अनुसार भए पनि हालका लागि भने नगर क्षेत्रमा सार्वजनिक यातायात चलाउन अनुमति दिइएको उल्लेख छ ।


नगरपालिकाले यातायातका साधनले अधिक यात्रु राख्ने र महँगो भाडा लिएको गुनासो आएको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्दै तोकिएको भाडा लिन पनि अनुरोध गरेको छ । यस अघि शनिबारसम्मकालागि बजार विहान र बेलुका खुलाए पनि सार्वजनिक यातायात भने चलाउन रोक लगाइएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी