स्कुल अफ डेमोक्रेसी नेपाल तनहुँको विस्तार

  • ख-
  • ख+

दमौलीः स्कुल अफ डेमोक्रेसी नेपाल तनहुँ शाखा बिस्तार गरिएको छ ।
संस्थाको विधान अनुसार शाखा विस्तार गरिएको शाखा अध्यक्ष डम्बर अधिकारीले जानकारी दिए ।


संस्थाको उपाध्यक्षमा दीर्घबहादुर थापा, सचिवमा वसन्त कंडेल, सह—सचिवमा सरोज भण्डारी र कोषाध्यक्षमा मिला दरै मनोनित भएका छन् ।


यसैगरी, सदस्यहरुमा गलबहादुर गुरुङ, दलबहादुर दुरा, गजेन्द्र पौडेल, ईश्वर पन्थ, सुमन थापा मगर, अन्जनकुमार श्रेष्ठ, प्रकाशचन्द्र हड्खले, उदयचन्द्र कंडेल, जब्बर मियाँ, मनबहादुर रुचाल, शैलेस खाती, स्वस्तिका भट्राई÷ग्रैहे, सकिना खातुन, रिया गुरुङ, अमृत ढकाल, विजय गुरुङ, बिपिन कुँवर र महेन्द्र आचार्य मनोनित भएका छन् ।


नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महर केन्द्रीय अध्यक्ष रहेको स्कुल अफ डेमोक्रेसीको मुलुक भित्र र बाहिर कमिटिहरु गठनको क्रम जारी रहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी