कोरोना संक्रमणबाट शुक्लागण्डकीका एक पुरुषको मृत्यु

  • ख-
  • ख+


दमौली: कोरोना संक्रमणबाट सुक्लागण्डकी नगरपालिकाका एक जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको सूचना अनुसार सुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको उपचारका क्रममा चरक मेमोरियल अस्पताल पोखरामा आइतबार मृत्यु भएको हो । मृतक पुरुषलाई चैत २३ गते गरिएको कोभीड परिक्षणमा संक्रमण पुष्टि देखिएकाे थियो । यसैगरी कोरोना संक्रमणकै कारणबाट कास्कीका ७८ वर्षीय पुरूषको समेत सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । कास्कीका पुरुषमा गत चैत २० गते गरिएको कोरोना परीक्षणमा संक्रमण पुष्टि भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी