सभापतिमा भूपाल, उप सभापतिमा राजेश विजयी

  • ख-
  • ख+

दमौली: तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइ समितिको सभापतिमा भुपाल आले निर्वाचित भएका छन् शनिबार सम्पन्न मतदानमार्फत आदि दमौलीका व्यवसायीहरूको छाता सङ्गठन तनहूँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइ समितिको सभापतिमा निर्वाचित भएका हुन् ।

कुल आठ सय ३५ मतमध्ये सभापतिमा विजयी आलेले दुई सय ७२ मत प्राप्त गरेको निर्वाचन समिति सदस्य भीमलाल श्रेष्ठले जानकारी दिए ।


सभापतिका अर्का प्रत्यासी सुक नारायण मल्लले दुई सय २८ मत प्राप्त गरे । यसैगरी अर्का प्रत्यासी दधिराज घिमिरेले दुई सय नौ मत प्राप्त गरे । प्रत्यासी विन्दुलाल श्रेष्ठले एक सय तीन मत पाए ।
अधिवेशनले उपसभापतिमा अत्यधिक मतका साथ राजेश  मल्ललाई निर्वाचित गरेको छ । 

मल्लले सर्वाधिक पांच सय ४१ मत प्राप्त गरे । प्रत्यासी विजय पौडेलले एक सय ९५ मत प्राप्त गरे ।
तनहुँ उद्योग वाणिज्य संघको कोषाध्यक्षमा किन कुमार श्रेष्ठ निर्वाचित भएका छन् । विजयी श्रेष्ठले दुई सय ५८मत प्राप्त गरे । कोषाध्यक्षका प्रत्यासी अन्जु दाहालले 229 मत प्राप्त गर्दा अर्का प्रत्यासी भरतकुमार श्रेष्ठले दुई सय ३९ मत प्राप्त गरे ।प्रत्यासी हर्षमान श्रेष्ठले ८६ मत पाए ।

यसैगरी जिल्ला प्रतिनिधि पदमा सर्वाधिक छ सय नौ मतका साथ महेश मल्ल विजयी भएका छन् ।

पांच सय ४९ मतका साथ एक प्रसाद श्रेष्ठ, पांच सय ४४ मत प्राप्त गरेर रमेशकुमार श्रेष्ठ, ५२६ मतका साथ प्रकाश हड़खले र ५ सय ३६ मतका साथ * किशोर कुमार श्रेष्ठ निर्वाचित भएका छन् । निर्वाचित भएका छन् ।यसैगरी १४ सदस्यीय कार्यसमितिको सदस्य पदमा निम्न उम्मेदवार विजयी भएका छन्।

राती पौने नौ बजेबाट शुरू मतदानको परिणाम विहान। करिब ४ बजे सार्वजनिक गरिएको थियो ।

  • सच्याइएको

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्