प्रथम व्यास मेयर कप फुटबल प्रतियोगिता हुँदै

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौली : स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ तनहुँको सदरमुकाम दमौलीमा भोलिदेखि ‘प्रथम व्यास मेयर कप–२०८३’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

व्यास नगर खेलकुद समितिको आयोजनामा हुन लागेको प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले आज व्यास नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरिएको छ।

प्रतियोगिताले खेलकुदको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा स्थानीय स्तरमा फुटबल खेलप्रति आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्