काठमाडौंः नेपाली कांग्रेसका नेता नैनसिंह महरले सञ्चारमाध्यमको कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाएका छन् ।
प्रहरीले नेपालप्रेस अनलाइनको कार्यालयभित्र प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । साथै नयाँ पत्रिका दैनिकको कार्यालयमा प्रवेश गरेर पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन खोजेको छ ।
त्यसतर्फ लक्ष्य गर्दै नेता महरले आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रेसको मुख बन्द गरेर तर्साउने प्रयास गरिएकोमा आपत्ति जनाएका छन् । उनले अन्य धेरै पत्रकारको समेत खोजी भइरहेको जानकारी आएको उल्लेख गर्दै यस्तो कार्यलाई राज्यद्वारा सञ्चालित हुर्मत लिने प्रयासका रूपमा टिप्पणी गरेका छन् । साभारःसेतोपाटी


















