पत्रकारहरू माथि प्रहरीको धरपकड

दमौली न्युज
  • ख-
  • ख
  • ख+

काठमाडौँ पत्रकारहरूमाथि प्रहरीले धरपकड थालेको छ। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका इनम सापकोटाको मोबाइलमा भेटिएको सम्पर्क विवरण सार्वजनिक गर्ने पत्रकारहरूमाथि प्रहरीले धरपकड गरेको हो।

प्रहरीले प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलाई सरकारले हटाउने तयारी गरेको भन्दै विवरण सार्वजनिक गरेका नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई शुक्रबार पक्राउ गरेको छ।

प्रहरीले आजै मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराललाई पक्राउ गरेको थियो । बराल अनामनगरबाट पक्राउ परेका हुन् ।

पुतलीसडकस्थित नयाँ पत्रिकाको कार्यालयमा समेत प्रहरी परिचालन गरिएको छ। नयाँ पत्रिकाले इनम सापकोटा र सर्वोच्चका न्यायाधीश हरि फुयाँलको बिचमा कुराकानी हुने गरेको विवरण सार्वजनिक गरेको थियो ।

दियो पोस्टका प्रधान सम्पादक सुदिप विश्वकर्मालाई पनि प्रहरीले खोजिरहेको बताइएको छ। प्रहरी टोली दियो पोस्टको कार्यालयमा समेत पुगेको छ । साभारः रातोपाटी

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी