पोखरामा स्कुटर दुर्घटना हुँदा २८ वर्षीय युवकको मृत्यु

दमौली न्युज
  • ख-
  • ख
  • ख+

पोखरा : पोखरामा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
पोखरा महानगरपालिका–८ स्थित सभागृह चोकमा गए राति स्कुटर दुर्घटना हुँदा २८ वर्षीय आशिष कुँवरको मृत्यु भएको हो।

प्रहरीका अनुसार चिप्लेढुङ्गाबाट सभागृह चोकतर्फ आउँदै गरेको ग १६ प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका कुँवरको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

कुँवर पोखरा महानगरपालिका–६, लेकसाइडमा बस्दै आएका थिए। उनको स्थायी घर अन्नपूर्ण गाउँपालिका–१, ढिकुरपोखरी रहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्