
दमौली: तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको ११ औं अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि सम्पन्न मतदानको मतगणना शुरू भएको छ ।
तनहुँ उद्योग वाणिज्य संघको हलमा राती पौने नौ बजेबाट मतगणना शुरू भएको हो । मतदानका क्रममा एकाइका नवीकरण गराएका १०८५ मतदातामध्ये आठ सय ३५ ले मतदान प्रक्रियामा सहभागिता जनाएका थिए ।
विगतका तुलनामा फरक यसपालि बजार एकाइको नेतृत्वका लागि चार जना कान्छी चुनावी दौडमा उत्रिएका छन् । एकाइको नयाँ नेतृत्वका लागि शुकनारायण मल्ल, दधिराज घिमिरे, भूपाल आले र विन्दुकुमार श्रेष्ठ मैदानमा उत्रिएका छन् ।