जब चल्दा चल्दैको मिनी ट्रक दनदनी बल्न थाल्यो……

  • ख-
  • ख+

आँबुखैरेनीः ग १ ख ७०९६ नम्बरको मिनी ट्रक बाग्लुङबाट चितवन जाँदै थियो । तर अकस्मात आँबुखैरेनी पुगे पछि एका एक आगोको झिल्को देखिन थाल्यो । चल्दाचल्दै धुवाँका मुस्लो आउन थाले पछि चालकले ट्रक सडकमै रोके । आँबुखैरेनी गाउँपालिका ३ स्थित सडक छेउमा रोकेर राखेकै बेला आगो झनै दन्कन थाल्यो ।


सवार एक यात्रु कोठमा सरेर चितवन जाँदै गर्दा सामान लादेर फर्कंदै थिए । प्रहरीका अनुसार समयमै थाहा पाएकाले चालक र यात्रु निस्कन पाएकाले मानवीय क्षति त भएन तर सडक छेउमै ट्रकमा दनादन आगो लाग्न थाल्यो ।


ती यात्रुको मोटरसाईकल र दुईवटा सिलिण्डरसहित आगो दन्कन थालेपछि केही समयमै ट्रक पुरै बलेर ध्वस्त भयो । स्थानीय बादल थकालीले सामाजिक सञ्जालमा घटनाको दृश्य र भिडियो पोष्ट गरेका छन् ।


ट्रकको तल्लो भागमा क्षति पुगेकाले तेल निस्किएर आगलागी भएको अनुमान गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी