पत्रकार महासंघ तनहुँ निर्वाचनः समावेसीतर्फका प्रदेश र केन्द्रीय परिषदमा सर्वसम्मत

  • ख-
  • ख+

दमौलीः पत्रकार महासंघ तनहुँको गण्डकी तथा प्रदेश परिषदका समावेसी सदस्यहरु सर्वसम्मत भएका छन् ।
समावेसीतर्फका प्रदेश परिषद सदस्यमा पूर्ण विक, रविना ढकाल, राजकुमार श्रेष्ठ र राजिवलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन् । यसैगरी केन्द्रीय परिषदका समावेसी सदस्यमा रामबहादुर घले सर्वसम्मत निर्वाचित भएका हुन् ।


निर्वाचितमा प्रदेश परिषद सदस्य पूर्ण र राजिव प्रेस युनियन तथा रविना र राजकुमार प्रेस चौतारीका उम्मेदवार हुन् । यसैगरी समावेसी सदस्यमा सर्वसम्मत रामबहादुर घले भने प्रेस सेन्टर भए पनि चौतारी गठबन्धनका उम्मेदवार थिए ।


अब बुधबार हुने मतदानमा प्रदेश र संघीय दुवैमा खुलातर्फका उम्मेदवारबीच मात्र प्रतिष्पर्धा हुने देखिएको छ । नेपाल पत्रकार महासंघको विधान अनुसार व्यवस्था गरिएको समावेसीतर्फका ती पदमा दावी विरोध नपरेकाले सर्वसम्मत निर्वाचित घोषणा गरिएको निर्वाचन समिति संयोजक एवं अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी