महासंघमा मियाँ र पौडेलको भिडन्त

  • ख-
  • ख+

दमौलीः नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि पत्रकार गोरा मियाँ र उज्वल पौडेलबीच भिडन्त हुने भएको छ ।

दुईले उम्मेदवारी दिएकामा विगतमा जस्तो सहमतिको परम्पराले यस पटक निरन्तरता पाउन सकेन । यस अघिको अधिवेशनमा ओमकार आचार्य सर्वसम्मत अध्यक्ष चयन भएका थिए । तर यसपाली भने कुनै पनि पक्षले सर्वसम्मत नेतृत्वका लागि पहल गर्न सकेन ।


नेपाल प्रेस युनियन नेतृत्वको लोकतान्त्रिक प्रगतिशिल गठबन्धनको साथ पाएका मियाँले प्रेस चौतारी नेतृत्व तथा प्रेस मञ्चको सहभागीताको गठबन्धनको साथ पाएर नेतृत्व दौड थालेका हुन् ।
दुवैले आफ्ना अलावा संयुक्त प्यानल नै खडा गरेर मैदानको यात्रा तय गरेका छन् ।

तुलनात्मक रुपमा बलियो लोकतान्त्रिक प्यानलको साथले हौसिएका मियाँ र गठबन्धनका कारण चुनाव जित्ने आत्मबलका साथ मैदानमा उत्रेका पौडेलबीचको प्रतिष्पर्धालाई बुधबार हुने मतदानले अन्तिम टुंगो दिनेछ । एक सय १४ मतदाताले दिएको मतमार्फत नै महासंघको नेतृत्व चयन हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्