
दमौली: लायन्स क्लब अफ तनहुँको आगामी कार्यकालका लागि बोर्ड चयन गरिएको छ । दमौलीमा शुक्रबार सम्पन्न एक भेलाका बीच क्लबले नयाँ कार्य समिति चयन गरेको हो ।
क्लबको आगामी अध्यक्षमा कृष्णहरि गैह्रे चयन भएका छन् । यसैगरी प्रथम उपाध्यक्षमा राजु दाहाल, द्वितिय उपाध्यक्षमा किशोरराज खनाल तथा तृतीय उपाध्यक्षमा ईश्वरबहादुर बिष्ट चयन भएका छन् ।
कार्य समितिको सचिवमा सरिता थापा भण्डारी तथा कोषाध्यक्षमा सुरेश पुरी चयन भएका छन् । लायन्स डिष्ट्रिक्ट ३२५ बी १ का निवर्तमान गर्भनर अशोककुमार श्रेष्ठको उपस्थितीमा पूर्ण बैठकमार्फत नयाँ कार्य समिति चयन गरिएको हो ।
अध्यक्ष ध्रुवराज पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका नवनिर्वाचित अध्यक्ष एवं क्लबका पूर्व सदस्य वृषराज श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।