दमौली बजार एकाईको अधिवेशन चैत्र २७ र २८ गते

  • ख-
  • ख+

दमौली: तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन चैत्र २७ र २८ गते दमौलीमा हुने भएको छ ।

मंगलबार दमौलीमा बसेको तनहुँ उद्योग वाणिज्य संघको कार्य सम्पादन समिति बैठकले दमौली बजार एकाईको अधिवेशनको मिति सारेको हो ।

यस अघि २५ गतेसम्म सबै एकाईको अधिवेशन सक्ने निर्णय संघले गरे पनि एकाइले भने जिल्ला संघको अधिवेशनको दिन नै एकाई अधिवेशन तोकेको थियो ।

संघका महासचिव ईम कुमार मल्लले संघ र एकाईको अधिवेशन एकै समयमा गर्दा भीड पनि बढ्ने र जोखिम पनि बढ्ने भएकाले समय परिवर्तन गर्ने निर्णय गरिएको जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्