कोटदरबार रेडक्रसको एम्बुलेन्समा वृद्ध र अपांगलाई छुट

  • ख-
  • ख+

सञ्जय श्रेष्ठ

ऋषिङः नेरेसो कोटदरबार उपशाखाद्वारा संचालित एम्बुलेन्समा असोज १ गतेदेखि लागू हुनेगरी एम्बुलेन्स भाडामा रातो कार्डप्राप्त ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई १५ % र सुत्केरी महिला तथा ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई १०% छुट प्रदान गर्ने घोषणा निर्णय गरेको छ । शाखाका सभापति ईन्द्रबहादुर आलेले ५८ औं रेडक्रस दिवसका अवसरमा आयोजित कार्यक्रममा यस्तो घोषणा गरेका हुन् ।


दिवसको अवसरमा रेडक्रस सोसाइटी कोटदरबार उपशाखा, तनहुँले शारीरिक अपाङ्गता भएकी ऋषिङ ७, राईथोककी मनमाया परियारलाई ह्विलचियर वितरण गरेको छ ।


ऋषिङ्ग ७, पुरानथोकमा आयोजना गरिएको हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य झुलबहादुर आले, विशिष्ट अतिथि ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखाका सभापति इन्द्र थापा वडा नं ७ का वडाध्यक्ष जंगवीर आले, वडा नं ३ का वडाध्यक्ष दुर्गबहादुर राना, ऋषिङ्ग गाउँपालिका उपशाखाका उपसभापति गणेशकुमार श्रेष्ठ, जिल्ला रेड्क्रस सदस्य महेन्द्रकुमार श्रेष्ठ तथा नेकपा जिल्ला सचिवालय सदस्य हरिराज कडेलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेरेसो कोटदरबार उपशाखाका उपसभापति टंकबहादुर थापा तथा संस्थाका सचिव कविराज श्रेष्ठले पनि बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी