काठमाडौंः त्रिदेशीय फुटबल प्रतियोगितामा विजेता हुँदै नेपालले उपाधि उचालेको छ ।
दशरथ रंगशालामा सोमबार भएको फाइनल खेलमा बंगलादेशलाई २–१ ले हराउँदै नेपालले उपाधि उचालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालको जितका लागि संजोग राई र विशाल राईले गोल गरेका थिए ।
पहिलो गोल १८औँ मिनेटमा संजोग राईले गरेका थिए । खेलको ४२औँ मिनेटमा विशाल राईले नेपालका लागि दोस्रो गोल गरेका थिए ।
नेपालसँग २–० ले पछि परिरहेको अवस्थामा बंगलादेशले ८३औँ मिनेटमा नेपालविरुद्ध गोल गरेको थियो ।
गृह मैदानमा खेल्ने अवसर पाएको नेपालले शुरु देखि नै आफ्नो पकडमा पारेको खेल अन्त्यसम्म पनि आफ्नै पोल्टामा पार्न सफलता पायो ।