थर्पुमा म्याग्दे स्तरीय कृषि प्रदर्शनी मेला

  • ख-
  • ख+

म्याग्दे : तनहुँकाे म्याग्दे गाउँपालिका वडा नँ ४ थर्पु स्थित जनसेवा सहकारी संस्था लिमिटेड द्वारा फागुपुर्णिमाका अवसरमा आयाेजित दाेस्राे म्याग्दे स्तरीय कृषि प्रदर्शनी मेला २०७७ आइतवार भएको

छ । प्रदर्शनी मेलाको कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले उद्घाटन गरिन् । मेलाको उद्घाटन गर्दै रानाले कृषि प्रदर्शनी मेला समग्र म्याग्देकै पहिचान भएको बताइन् । कृषि प्रदर्शनीले कृषकलाई कृषि पेशा तर्फ लाग्न थप उजागर गराउने बिश्वास गाउँपालिकाले लिएको रानाले बताइन् । म्याग्दे गाउँपालिका कृषिको उर्भर भुमि रहेको र यहाँ सुन्तला , आलु , टमाटर जस्ता कृषि उत्पादन हुने रानाले बताइन् । कार्यक्रममा बिशिस्ट अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले कृषि प्रदर्शनीले म्याग्देलाइ कृषिमा अात्मनिर्भर बनाउने बताए । कृषि उपजकाे उत्पादन , भण्डारण र बिक्री बितरणमा प्रदर्शनीले टेवा पुग्ने घिमिरेको भनाइ थियो । मेला प्रदर्शनीमा ब्यबसायिक रूपमा कृषि तथा पशुपंक्षी पालक किसानहरू लाई पुरस्कार दिइएको थियो भने गाउँपालिका स्तरीय खुल्ला काैराह नृत्य प्रतियोगिता , कृषि उत्पादनकाे बिक्रीवितरण , प्रदर्शनी बाट सहभागीकाे उत्पादनलाई निशुल्क ढुवानीकाे ब्यबस्था गरिएको थियो । काैराह प्रतियोगितामा ७ वटा टिमको सहभागीता रहेको र प्रथम , द्दितिय र तृतीय हुने टिमलाई क्रमश २० हजार , १५ हजार र १० हजार तथा सहभागी टिमलाई ३ हजार रूपयाँ उपलब्ध गराइएको थियो । प्रदर्शनीमा अालु , काउली , टमाटर , गाजर , मुला , केरा , फर्सी , लसुन लगायतका कृषि सामाग्री राखिएको थियो । यस्तै कार्यक्रममा लाेकदाेहाेरि गायक प्रजापति पराजुली , सर्मिला गुरूङ , सरस्वति लामिछाने , जाेगेन्द्र पानवाल लगायतको जाेडदार प्रस्तुति रहेको थियो । जनसेवा सहकारीका अध्यक्ष तिर्थनारायण मल्लकाे अध्यक्षतामा भएको प्रदर्शनी मेलाकाे स्वागत डिलबहादुर नेपालीले र सञ्चालन दुर्गाबहादुर अधिकारीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी