म्याग्दे गाउँपालिकाकाे गुडिया तालिम

  • ख-
  • ख+

विकास खनाल

म्याग्दे : म्याग्दे गाउँपालिकाकाे अायाेजनामा अायाेजित गरिबी निवारणका लागि लघु उद्धम बिकास कार्यक्रम सीप विकास तालिमको १० दिने गुडिया तथा सजावटका सामग्री निर्माण तालिमको सनिवार समापन भएको छ । समापन कार्यक्रममा म्याग्दे गाउँपालीकाका अध्यक्ष मायादेवी रानाले सीप सिकेर ब्यबहारमा उतार्नु पर्ने बताइन् ।

गाउँपालिका भित्रका महिला दिदिबहिनी हरू लाई अात्मनिर्भर बनाउन तालिम उपयोगी हुनेमा अाँफु बिस्वस्त रहेको रानाको भनाइ थियो । कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले तालिममा जुन उत्साहका साथ सहभागी भै सीप सिक्नुभएकाे छ , त्यहि उत्साह भाेलिका दिनमा पनि निरन्तर दिई ब्यबहारमा उतार्नुपर्ने बताए ।

अब घरमै बसेर पनि केही गराैँ भन्ने भावना भित्र देखि अाए गर्न सकिने घिमिरेको भनाइ थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी , कार्यपालिका सदस्य बद्रीका घिमिरे , उद्योग साखा प्रमुख प्रदिप न्याैपाने लगायतकाे सहभागीता रहेको थियो ।

तालिममा नन्दकुमारि राई र कविता नेपाली प्रशिक्षक रहेका थिए भने सविता श्रेष्ठले सहजिकरण गरेको उद्धम बिकास सहजकर्ता शुष्मा नागिलाले बताइन् । ३४ जना सहभागी भएको उक्त तालिम लिएपछि प्रशिक्षार्थिहरू निकै खुसि भएका थिए । म्याग्दे ४ कि सुकला सुनारले अब घरमै बसेर पनि दुई चार पैसा कमाइ घरकाे दैनिकी चलाउन सकिने अाशा लागेको बताइन् ।

१० दिन केही छाेटाे जस्तो अनुभव गरेको भए पनि जति सिक्याैँ त्यो नै उपलब्धि भएको उनको भनाइ थियो । यस्तै अर्कि तालिममा सहभागी म्याग्दे ५ कि कमला अालेले सीप सिकेर ब्यबसाय सुरु गर्छु भन्ने अात्मबिस्वासका साथ सहभागी भएको र सीप जानेर अाँफुलाइ उत्साह लागेको बताइन् ।

यस्तै गाउँपालिकाका उद्योग शाखा प्रमुख प्रदिप न्याैपानेले अायअार्जन गर्न यस किसिमको तालिम निकै प्रभावकारी भएको बताए । म्याग्दे ४ का अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षतामा साे कार्यक्रम भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी