व्यास नगरको विकासमा सघाउन तयार छौंः अन्तर्राष्ट्रिय क्लबहरु

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाको युवा सञ्जाल तथा व्यास युवा परिषदले कोभिड १९ नियन्त्रण र स्थानीय विकासमा अन्तर्राष्ट्रिय संस्थाको भूमिकाबारे अन्र्तक्रिया गरेको छ । जुम एप्लिकेशनमार्फत शुक्रबार गरिएको कार्यक्रममा नगर क्षेत्रका अन्तर्राष्ट्रिय सबै क्लबको सहभागीता थियो ।


शिक्षा तथा विकास क्षेत्रका विज्ञहरुको सहभागीतामा गरिएको अन्र्तक्रिया कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपानेले नगरको विकासमा अन्तर्राष्ट्रिय क्लबहरुको भूमिका महत्वपूर्ण रहने भन्दै नगरको विकास र कोभिड नियन्त्रणमा आवश्यक परामर्श लिने बताए ।


कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ बी १ का गर्भनर अशोककुमार श्रेष्ठले लायन्स क्लब संकटमा सहयोगी भूमिकामा रहेको बताए । उनले व्यास नगरको विकास र संकटसँग जुध्नका लागि सघाउन तयार रहेको बताए ।


युवा अभियन्ता अपार पौडेलले नगरको विकास र संकटसँग जुध्नका लागि युवाहरुले थालेको सहयोगी भूमिकाको प्रशंसा गरे । उनले सबै क्षेत्रबाट हुने प्रयासको एकरुपताबाट मात्र नगरको समुचित विकास हुने भन्दै अन्तर्राष्ट्रिय क्लबहरुको यसमा महत्वपूर्ण भूमिका रहनेमा जोड दिए ।


शिक्षाविद् विना कैनीले संकटका समयमा शैक्षिक क्षेत्रको विकासका लागि नगरपालिकासँग सहकार्य गर्न तयार रहेको बताइन् ।


कार्यक्रममा विभिन्न लायन्स क्लबहरु, रोटरी, जेसिआई व्यास नगर, रोट¥याक्ट र लियो क्लबका प्रतिनिधिको सहभागीता थियो । समग्रमा निकै राम्रो सल्लाह र सुझाव आएकाले आफूहरु उत्साही भएको व्यास युवा परिषदका अध्यक्ष गौरव पन्थले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी