ऋषिङमा कृषि प्रोत्साहनः एभोकाडो र कफी लगाउनेलाई जनही २० हजार

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिकाले एभोकाडो, सुन्तला र कफी लगाउनेलाई जनही २० हजारका दरले आर्थिक सहयोग गरेको छ । गाउँपालिकामा कृषि प्रवद्र्धन कार्यक्रमअन्र्तगत ठूलोस्तरमा व्यवसायिक कृषिमा संलग्नलाई जनही २० हजारका दरले अनुदान वितरण गरेको हो ।


यसरी राहत पाउने एक सय ६० जना छन् । दुई सय बढी सुन्तला रोप्ने, एक सय १५ भन्दा बढी कफी लगाउने र एभोकाडोको पनि धेरै खेती गर्ने आठवटै वडाका किसानलाई अनुदान वितरण गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।


उनले अनुदान वितरण गर्दै गाउँपालिकालाई कृषिमा समृद्ध बनाउने प्रयास भैरहेको बताए । ‘अनुदानले गाउँपालिकाको अभियान सफल पार्न मद्दत पुग्ने विश्वास गरेका छौं,’ उनले भने । सो अवसरमा गाउँपालिकाले सबै वडाका गरी ५५ जना अरु किसानलाई पनि प्रोत्साहन प्रदान गरेको छ ।

छनौट भएका व्यवसायिक बाख्रापालकलाई जनही १३ हजार, बुगुर पाल्ने कृषकलाई जनही ११ हजार, माछा र कुखुरा पाल्ने जना कृषकलाई जनही पाँच हजार अनुदान वितरण गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी