‘भानुश्री’ र ‘जर्नल अफ आदिकवि’ सार्वजनिक

  • ख-
  • ख+

दमौलीः आदिकवि भानुभक्त क्याम्पसद्वारा प्रकाशित भानुश्री वार्षिक प्रतिवेदन २०७७, जनल अफ आदिकवि र शैक्षिक क्यालेन्डर बुधबार बिहान सार्वजनिक गरिएको छ । पब्लिक क्याम्पस संघका केन्द्रिय अध्यक्ष एवं जनभावना क्याम्पस ललितपुरका क्याम्पस प्रमुख शिवराज सञ्जेलले ती प्रकाशनहरुको विमोचन गरेका हुन् ।


कार्यक्रममा सञ्जेलले आगामी चैत्र २७ गते शनिबारको दिन आदिकवि भानुभक्त क्याम्पसमा हुन लागेको नेपाल पब्लिक क्याम्पस सङ्घको राष्ट्रिय परिषद बैठक सफल बनाउन तनहुँ र यसको छिमेकी जिल्ला एवं गण्डकी प्रदेशका सामुदायिक क्याम्पसहरुका तर्फबाट यथासक्य योगदान हुने विश्वास व्यक्त गरे ।


कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख एवं संघका पूर्व केन्द्रीय अध्यक्ष वैकुण्ठ न्यौपानेले क्याम्पसले नियमित रुपमा प्रकाशन गर्दै आएको क्याम्पसको प्रकाशनले जवाफदेहिता सिर्जनशिलता र योजनाबद्ध कार्यकलाप झल्कने बताए । क्याम्पसको शोध तथा अनुसन्धान समितिका संयोजक जनक काफ्लेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।


मिस तनहुँ प्रतियोगितामा प्रथम हुन सफल सुमिना गुरुङ्ग र द्वितीय हुन सफल सन्ध्या धिताललाई क्याम्पसका तर्फबाट सो अवसरमा प्रमुख अतिथि सञ्जेलले प्रशंसापत्र हस्तान्तरण गरी खादा पहिराएर बधाई ज्ञापन गरे ।


कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हरुले स्वबियुका उपाध्यक्ष सुदर्शन पोखरेल, संचालक समितिका सदस्य एवं नेपाली विभागका प्रमुख डा रामकुमार अधिकारी, अंग्रेजी विभागका प्रमुख सागर पौडेल लगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी