वैशाख ४ मा उद्योग वाणिज्य संघको निर्वाचन, ५ एकाइले सहभागीता जनाउन नपाउने

  • ख-
  • ख+

दमौली:तनहुँ उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि चुनाव यही बैशाख ४ गते हुने भएको छ ।

दमौलीमा शनिबार सम्पन्न कार्यसमिति बैठकले लामो समयदेखि प्रतीक्षा हुँदैआएको सङ्घको १६ औं महाधिवेशन मिति टुंगो लगाएको हो ।अध्यक्ष मानकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले जिल्ला महाधिवेशनअघि आबद्ध बजार एकाइहरु को अधिवेशन चैत्र २५ सम्म सक्ने निर्णय गरेको छ ।

‘ चैत्र २५ सम्म बजार एकाईको अधिवेशन सक्ने निर्णय भएको छ,’ संघका प्रथम उपाध्यक्ष वैकुण्ठनाथ मिश्रले भने ।

५ एकाई सहभागी नहुने

यसपालीको महाधिवेशनमा महाधिवेशनमा १२ बजार एकाइ सहभागी भए पनि यसपाली सबैले भने सहभागिता जनाउन नपाउने भएका छन् । यसअघि सहभागी हुँदै आएका खैरेनीटार दुलेगौँडा, भिमाद तथा भानु र सत्रसय बजार एकाइले भने यसपालिको महाधिवेशनमा सहभागिता जनाउन नपाउने भएका छन् ।

स्थानीयस्तरमा नै नगर उद्योग वाणिज्य संघ गठन भएका कारण ती इकाइमा सदस्यता हस्तान्तरण गरिने भएको गरिने निर्णय भएको सङ्घका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्रले जानकारी दिए ।

शुक्लागण्डकी र भीमाद नगरपालिकामा आधिकारिक नगर उद्योग वाणिज्य संघ विवाद रहेपनि संघले भने खैरेनीटार र दुलेगौडा एकाईको शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ र भिमाद बजार एकाईको भिमाद नगर उद्योग वाणिज्य संघलाई सदस्यता जिम्मा लगाउने भएको छ ।अब नगर उद्योग वाणिज्य संघ गठन भएका ठाउँमा ठाउँका मतदाताले सङ्घको महाधिवेशनमा सहभागिता जनाउन पाउने निर्णयले देखाएको छ ।

अघिका वर्षहरुमा सामान्यतः भदौ देखि पुस महिना भित्रमा हुने गरेको नेतृत्व चयन यसपाली कोभिड र नगर उद्योग वाणिज्य संघको विवादका कारण केही ढिला हुन पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी