म्याग्देमा गुडिया बनाउने तथा पार्लर तालिम सुरु

  • ख-
  • ख+


विकास खनाल
म्याग्दे : म्याग्दे गाउँपालिकाकाे आयाेजनामा १० दिने गुडिया तथा सजावटका सामाग्री निर्माण एवं पार्लर तालिम सुरु भएको छ । तालिमको एक कार्यक्रमका विच प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले उद्घाटन गरिन् । तालिमको उद्घाटन गर्दै रानाले तालिमले महिलाहरू लाई आत्मनिर्भर बन्न सघाउने बताइन् । तालिम लिएर बिचमै नछाेड्नु , ब्यबहारमा उतार्नु र स्वाबलम्वि बन्नु रानाको भनाइ थियो । २१ जनाको सहभागीता रहेको तालिममा सुस्मा भट्टराई नागिला सहजकर्ताकाे रूपमा छन् भने प्रशिक्षककाे रूपमा कविता नेपाली र नन्द कुमारी राई रहेका छन् । म्याग्दे ४ का अध्यक्ष प्रेम बहादुर थापाको अध्यक्षतामा भएको गरिबी निवारणका लागि लघु उद्धमी विकास कार्यक्रम मेडपा अन्तर्गतको सीप विकास तालिमकाे सञ्चालन शाखा अधिकृत प्रदिप न्याैपानेले गरेका थिए । साे अवसरमा कार्यपालिका सदस्य बद्रिका घिमिरे , लेखा अधिकृत नवराज पाेख्रेल लगायतका बक्ताहरूले तालिमकाे सफलताको सुभकामना दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी