व्यास नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

दमौली: व्यास नगरपालिकाले आर्थिक बर्ष २०७७/७८काे दाेस्राे चाैमासिक अन्तरगतकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।लगभग ३०० जनाकाे उपस्थिति रहेकाे उक्त कार्यक्रममा नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्याैपानेले प्रमुख जवाफदेहिता वहन गर्दै नगरवासीका जिज्ञासा ,गुनासाे तथा मागहरूलाई सम्वाेधन गर्दै सवालका जवाफ दिएका थिए। २दर्जन भन्दा बढी साझा सवालहरू राख्दै नगरवासीले जवाफदेही डेक्समा रहेका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई सवाल राखेका थिए।जनताले,भाैतिक याेजना,आन्तरिक सुशासन ,स्थानीय सरकार क्षतिपूर्ति ,खाेला नालाकाे अवस्था ,सार्वजनिक सम्पत्तिकाे अवस्था लगाएतका विषयमा नगरपालिका प्रति जिज्ञासा र गुनासाेरूपी सवालहरू राखेका थिए।सार्वजनिक सुनुवाइ कार्यक्रम मार्फत प्रमुख जवाफदेहीकर्ता नगरप्रमुख वैकुण्ठ न्याैपाने,प्रमुख डेक्समा रहनुभएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल ,शिक्षा तथा सामाजिक शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मी ,आन्तरिक लेखा परीक्षक शाखा प्रमुख कुमारकञ्चन जिसी,आर्थिक पूर्वाधार विकास शाखा प्रमुख राजेन्द्र कार्की,शहरी पुर्वाधार तथा प्रविधिक शाखा प्रमुख डा.राजु पाैडेल,स्वास्थ्य तथा जनसंख्या शाखा प्रमुख प्रमाेद साेती वडा न १,१२,१३,र १४नम्बर वडाका वडाअध्यक्ष हरूलाई नगरवासीले विषयगत सवाल गर्दै सेवा प्रदायक संस्था नगरपालिकालाई सेवाग्राहीका माग र आवश्यकताका आधारमा प्रश्न राखेका थिए।सवाललाई तथ्यगत तथा वस्तुनिष्ठ पाराले जवाफ दिदै व्यास नगरपालिकाले स्थानीय सरकार सञ्चालन एेन २०७४काे परिच्छेद १०दफा ७८(५)वमाेजिम पारदर्शिता तथा आन्तरिक सुशासनकाे मर्मलाई व्यवहारिक कार्यन्वयन गरेकाे छ।जिल्लाका महिला पत्रकारहरूकाेसाझा फाेरम तथा संस्था महिला सशक्तीकरण सञ्चार समाज तनहुँले सहजीकरण संस्था काे रूपमा नगरपालिकासँग सम्झाैता गरि यसकाे सम्पूर्ण सहजीकरण तथा व्यवस्थापन गरेकाे थियाे।सार्वजनिक सुनुवाइ कार्यक्रम काे सहजकर्ता सहजीक संस्थाकी अध्यक्ष प्रकृति खनाले गरेकी थिइन्।त्यस्तै कार्यक्रममा उपस्थित नगरवासीलाई स्वागत भने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले गरेका थिए ।त्यस्तै सार्वजनिक सुनुवाइ कार्यक्रमका आचार संहिता वारे संस्था कि उपाध्यक्ष विमला दवाडीले प्रष्ट पारेकी थिइन्।कार्यक्रम काे सञ्चालन सहजीकरण संस्थाकि सचिब अञ्जु दाहालले गरेकी थिइन्।
विशेषगरी व्यास नगरक्षेत्रका वडा न १,वडान १२,वडा न१३,वडा न१४ का नागरिकहरूलाई आधार मानी साेही क्षेत्र छाब्दीवाराही मन्दिर परिसर वाराही मन्दिर विकास काेशकाे भवनमा उक्त सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएकाे थियाे।नगरपालिकाले प्रथम चाैमासिककाे सार्वजनिक सुनुवाई पहिलेनै गरिसकेकाे र याे दाेस्राे चाैमासिक रहेकाे व्यास नगरपालिकाले जानकारी दिएकाे छ।नगरपालिकाले तेस्राे चाैमासिककाे कार्यक्रम कलेस्ती क्षेत्रमा गर्ने समेत जानकारी दिएकाे छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी