अवैधानिक भ्रुण परिक्षण र भ्रुण हत्या बढ्दो

  • ख-
  • ख+

संजय श्रेष्ठ

दमौली: गर्भमा रहेको बच्चाको लिङ्ग परिक्षण तथा परिक्षणका आधारमा गरिने भूर्ण हत्या आफैमा अवैधानिक छ । यसो गरेको खण्डमा परिक्षण गर्ने वा गराउने दुवै कारवाहीको भागीदार हुन्छन् । तर हिजो आज पेशागत मर्यादा भन्दा माथि उठेर केही स्वास्थ संस्थान र स्वास्थ्कर्मीहरु भने अवैधानिक रुपमा कमाउ धन्दामा लागेको देख्न सकिन्छ । गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने परिपाटी नेपाली समाजमा मौलाएको देख्न सकिन्छ । अवैधानिक तरीकाले गर्भमा रहेको भ्रूणको लिङ्ग परिक्षण गरेको शुल्क कति लाग्ला अनुमान गर्नुहोस् । जो कोहीलाई पत्यार नलाग्न सक्छ । साधारतया गर्भवती महिलाले कम्तीमा ४ पटक सम्म स्वास्थ संस्थामा गई शिशुको अवस्था, वृद्धि विकास बारे थाहा पाउन भिडियो एक्सरे मार्फत परिक्षण गर्नु पर्छ । तर केही निजी स्वास्थ संस्था र स्वास्थ्कर्मीहरू भने पैसा कमाउनकै लागि आफ्नो सीप र क्षमताको दुरुपयोग गर्दै आएका देख्न सकिन्छ । यसरी नै तनहुँको दमौलीमा समेत केही निजी स्वास्थ संस्था र स्वास्थ्य कर्मीले चर्को मूल्यका साथ भ्रूण परिक्षण गर्ने गरेको गुनासोहरु सुन्नमा आएका छन् । आफ्नो परिचय नखुलाउन आग्रह गर्दै एक गर्भवती महिलाले आफूले एक पटकको ८ हजार रुपैयाँ तिरेको बताइन् । साधारतया भिडियो एक्सरे गरे वापत ४ सय देखि ५ सय सम्म लाग्ने भए पनि स्वास्थकर्मीले लिङ्ग पहिचान समेत गरिदिने भन्दै ८ हजार रकम तिरेको उनीले बताइन् । सो निजी स्वास्थ संस्थामा विगत थुप्रै समय देखि गर्भ परिक्षण गरिँदै आएको र दिनहुँ जसो भ्रूण परिक्षका लागि २_४ जनाको नियमित उपस्थिति समेत हुने गरेको उनले बताइन् । श्रोत खुलाउन नचाहेकी उनले फलानो अस्पताल त भ्रुण परिक्षणका लागि नै चिर परिचित रहेछ उनले भनिन् । थुप्रै महिलाहरु भ्रुण परिक्षण कै लागी सो स्थानमा आउने रहेछ उनले भनिन् । परिक्षण गरे लगतै स्वास्थ्कर्मिले प्रति व्यक्ति ८ हजार रकम असुली गरेको तर अवैधानिक भएको भन्दै तिरिएको रकमको रसीद भने नदिने गरेको पाईएको छ । यसरी गरिने लिङ्ग परीक्षण र परिक्षणका आधारमा गरिने भ्रूण हत्या रोक्न प्रशासन र स्वास्थ्य कार्यालयले समयमा नैं कदम चाल्नु जरुरी देखिन्छ । लिङ्ग पहिचान गरेर गरिने गर्भपतन रोक्न बनेको कानून खासै कार्यान्वयन हुन नसक्दा समस्या अझ विकराल बनेको छ । कानूनले १२ हप्ता अर्थात् तीन महिनासम्मको मात्रै गर्भपतन गर्न पाउने व्यवस्था गरेको भए पनि लिङ्ग पहिचान गरेर चार महिनापछि पनि गर्भपतन गराउनेहरुको संख्या दिनहुँ जसो बढेको छ । कमाउ धन्दामा लागेर पेशागत मर्यादालाई कायम नराख्ने स्वास्थ्कर्मी जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनु जरुरी देखिन्छ । तसर्थ लैंगिक परीक्षणका आधारमा गरिने भुर्ण हत्या अक्ष्म्य अपराध हो । यसलाई रोक्नका लागि सम्बन्धित निकायको समयमा नै ध्यान जाओस् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्