दमौली :तनहुँका दुई सहित गण्डकी प्रदेशमा २३ नयाँ संक्रमित भेटिएका छन् । संक्रमितमा तनहुँ जिल्ला भिमाद नगरपालिका ९ का २ जना महिलामा संक्रमण देखिएको हो । भिमाद ९ का वर्ष ३७ र ६५ का महिलामा संक्रमण देखिएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अध्यावधिक गरेको विवरण अनुसार गण्डकी प्रदेशमा आईतबार कास्कीमा २१ तथा तनहुँमा २ गरी नयाँ २३ जनामा संक्रमण पुष्टि भएको पुगेको छ | लाईफ केयर एण्ड दाएग्नोस्टिक प्रा. ली. पोखरामा गरिएको परिक्षणमा उनीहरूमा संक्रमण भेटिएको हो ।

अन्तिम पटक अध्यावधिक गरिएको 1025 Viewed

प्रतिक्रिया दिनुहोस्