आदर्श कपको उपाधि थर्पु युवा क्लवलाई

  • ख-
  • ख+

विकास खनाल

दमौली: म्याग्दे गाउँपालीका वडा नँ ४ मनहरीमा भएको नवाैँ आदर्श तथा चाैंथाे तारा स्मृति कप फुटबलको उपाधि थर्पु युवा क्लव म्याग्देले जितेको छ । सनिवार सम्पन्न दाेभान युवा क्लव र थर्पु युवा क्लव बिच भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलकाे निर्धारित समयमा एक एक गाेलकाे बराबरी भए पछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा दाेभान युवा क्लबले हानेको बल पाेलमा लाग्नु नैँ उसलाई महंगो सावित भयो । जसअनुसार २ का बिरूद्द ३ गाेलले थर्पु युवा क्लबले फाइनल जितेर उपाधि हात पार्याे । कार्यक्रममा प्रमुख अतिथि म्याग्दे गाउँपालीकाका अध्यक्ष मायादेवी रानाले प्रथम र द्दितिय हुने टिमलाई पुरस्कार बितरण गरिन् । प्रतियोगितामा प्रथम हुने थर्पु युवा क्लबले नगद १ लाख १ हजार , शिल्ड र प्रमाणपत्र हात पारेको छ । त्यस्तै उपविजेता दाेभान युवा क्लबले ५० हजार १ रूपयाँ , शिल्ड र प्रमाणपत्र हात पारेको छ । त्यस्तै म्यान अफद म्याच मा थर्पु युवा क्लवका सराेज तामाङ , सर्वाधिक गाेलकर्तामा दाेभान युवा क्लवका दिपक थापा , गाेलरक्षकमा थर्पु युवा क्लवका राेमन थापा मगर , सर्वोकृष्ट खेलाडीमा थर्पु युवा क्लवका मनिष क्षेत्री र डिफेन्डिङमा दाेभानका विमल राना रहेको अध्यक्ष रानाले बताए । उनिहरूलाइ नगद र ट्रफि प्रदान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि माया रानाले जितेको रकम सहि ठाउँमा प्रयाेग गर्न सुझाव दिइन् । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व अर्थमन्त्री रामशरण महतले समेत सुभकामना दिएकाे उक्त कार्यक्रममा पदमबहादुर थापा , सिला घिमिरे हिरासिँह गुरूङ लगायतका बक्ताहरूले बाेलेका थिए । क्लबका अध्यक्ष गाैरब राज रानाको अध्यक्षतामा भएको कार्यक्रमकाे मलिन मल्लले सञ्चालन गरेका थिए । प्रतियोगितामा २६ टिमको सहभागीता रहेको क्लबका अध्यक्ष गाैरब राज रानाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी