व्यास नगर महिला हाफ म्याराथनको उपाधि धादिङ्गकी रशिलाको पोल्टामा

  • ख-
  • ख+



दमौली: प्रथम व्यास नगर महिला खुल्ला हाफ म्याराथनको उपाधि धादिङकी रसिलाले जित्नु भएको हो । १११औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सोमबार आयोजित दौड प्रतीयोगितामा व्यास नगरपालिका–३ स्थित व्यास गुफाबाट सुरु भई व्यास–११ स्थित ऐतिहासिक स्थल तनहुँसुर दरबारमा पुगेर समाप्त भएको थियो । निर्धारित  २१ किलोमिटर दुरी एक घण्टा ४९ मिनेटमा पार गरी तामाङ प्रथम हुनु भएको हो    ।
सोही दूरी १ घण्टा ४९ मिनेट १ सेकेण्डमा पार गर्दै खोटाङको ऐशेलु गाउँपालिका–२ की प्रिया राई द्वितीय हुनु भएको छ   । त्यस्तै १ घण्टा ५५ मिनेट २२ सेकेण्डमा दूरी पूरा गरी पोखराकी अनिता राई तृतीय हुनुभएको छ ।
त्यसैगरी प्रतियोगितामा कालिकोटकी विशेषता ऐरी, तनहुँको व्यास -१० की नम्रता गुरुङ, ऋषिङकी सीता रानाभाट, भक्तपुरकी आयुषा श्रेष्ठ र ओखलढुङ्गाकी पदम कुमारी सुनुवार सान्त्वना हुनुभएको छ । विजेताहरुलाई क्रमशः  ४१ हजार ७७, ३१ हजार ७७, २१ हजार ७७ र सान्त्वना ५ जनालाई ११ हजार ७७ रुपियाँका दरले पुरस्कार प्रदान गरिएको थियो  ।
प्रतियोगितामा विजेतालाई गण्डकी प्रदेश सभा सदस्य सरीता गुरुङ र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा तनहुँ लगायत कास्की, पर्वत, मकवानपुर, धादिङ, काठमाडौं, भक्तपुर, ओखलढुङ्गा, कालीकोटका ५६ धावकले सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी