प्रलोभनमा पर्दा लुटिइन् लालमाया, नक्कली सुन भिडाएर सक्कली लिएर फरार दुई युवा

  • ख-
  • ख+


विकास खनाल
आइतबार दिउँसो २ बजेकाे समय थियो  । दमाैलीकाे मुख्य  र ब्यस्त पृथ्वीराजमार्गको भाेर्लेटारचाेकमा दैनिक प्रहरी ड्युटी हुने गर्छ । आवेदा ब्युटि पार्लर भएको  घर पेटिमा डाेकामा राखेर दैनिक काउली , धनिया लगायतका हरियो र ताजा तरकारी बेच्ने गर्थिन लालमायाँ गुरूङ  । सधैं झैं आफ्नै सुरले  घर दैनिकी चलाउन तरकारी खरिदेर ल्याइ  बेच्ने गर्थिन् ।  आईतबार  दुई जना अपरिचित पुरूष हरू अाउँछन् । लालमाया बसेकाे अगाडि तिर झलक्क हेर्दा सुन जस्तो देखिने डल्लो भुइँमा  फाल्छन् र भन्छन् ! हेर्नुस् त आमा त्यो सुन तपाईंको हाेकि कसको हाे ? लालमायाँ अकमक्क पर्छिन् । जवाफ दिँदै   मेरो हैन मलाई थाहा छैन भन्छिन् । ओहो याे तपाईंको हैन भने कसको रहेछ त अपरिचित पुरुषले भन्छ  ? अघि यहाँ आउनेले खसाले हाेलान् , तिनिहरू भाेर्लेटार चाेकबाट माथि गछन् हामी चिन्दैनम बिचरा यति ठुलो चिज बरू हिँड्नुसत् तपाईंले चिन्नुहुन्छ उनिहरू लाई भन्छन् , लालमायाँ तरकारी बेच्न छ भन्छिन् । तर उनिहरूले अनेक बहाना बनाएर उनलाई लग्छन् , दुई युवा र लालमाया भाेर्लेटार चाेकबाट माथि पावर हाउस तिर पुग्छन् । यता धेरै बेरसम्म आमा नआएपछि छाेरिले आमालाई  खै धेरै बेर भयो अहिलेसम्म आउनुभएन भनेर साेधिखाेजि गर्छिन् । आमालाइ खाेज्दै जाँदा १ ताेलाकाे सिख्रि आधा ताेलाकाे औंठी र नगद ७ सय ५० लुटिएको अबस्थामा भेट्छिन् । यताउता हल्लाखल्ला हुन्छ , प्रहरीलाई खवर सँगै प्रहरी आउँछन् र पिडित सँग साेधपुछ हुन्छ । सबै घटना क्रमहरू लालमायाँले भन्छिन् । तर त्यसबेला सम्म लुटेराहरू भागिसकेका हुन्छन् । अहिले प्रहरिले सिसि क्यामराकाे माध्यमबाट देखाएको फाेटाे पिडित महिलाले चिन्छिन् ।निलाे लुगा , कालो टाेपि मास्क लगाएको केटाले नैँ आफ्नो गहना लुटेको बताउछिन् । अहिले प्रहरीले सिसि क्यामरामा देखिएको र पिडितले हाे भनेको युवकको बारेमा खाेजि गरिरहेको पिडित लालमायाँले बताईन् । जिल्ला प्रहरी कार्यालय तनहुँका नायव उपरिक्षक युवराज तिमिल्सिनाले पीडित लालमाया आफू प्रलोभनमा पर्नु भएको कारणले लुटिएको प्रारम्भिक अनसन्धानबाट खुलेको बताउनु भएको छ । अपरिचित व्यक्तिहरु आफूले ल्याएको नक्कली सुन देखाई उनले लगाएको सक्कली सुन सङ्ग साट्ने भनि अफर देखाए लगतै उनीले आफ्ना गहना सङ्ग साटेको अनुसन्धानले देखाएको छ । प्रलोभनमा पर्नु भएको लालमायालाई लुट्नेहरूको खोजी कार्य भई रहेको उपरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी