म्याग्देमा भएको छात्रा फुटबलकाे उपाधि महेन्द्र मावि गुणादीलाई

  • ख-
  • ख+


विकास खनाल
दमौली: १११ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा म्याग्दे गाउँपालीका स्तरीय माध्यमिक विद्यालय प्रथम छात्रा फुटबल प्रतियोगिताकाे उपाधि महेन्द्र मावि गुणादीले जितेको छ । आइतबार सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलकाे निर्धारित समयमा महेन्द्र मावि र जनगणपति मावि दुबै काे समान दुई दुई गाेल भए पछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टी सुट अाउटमा महेन्द्र मावि एकका बिरूद्द तीन गाेलले बिजय भयो । जित सँगै महेन्द्र माविले १० हजार नगद , ट्रफि र प्रमाणपत्र पाउने छ भने द्दितिय स्थानकाे जनगणपति माविले ८ हजार नगद ट्रफि र प्रमाणपत्र पाउने छ । यस्तै तृतीय स्थानको लागि भएको खेलमा राधा मावि जामुनेले मीन मावि थर्पुलाइ सुन्यका बिरूद्द दुई गाेलले जितेको छ । तृतीय भएको राधा माविले ५ हजार नगद ट्रफि र प्रमाणपत्र पाउने छ । सबै बिजयि टाेलिलाइ नारी दिवसको दिन पुरस्कार बितरण गरिने म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताइन् । २२ र २३ गते दुई दिन भएको प्रतियोगिताकाे फाइनल खेल हेर्न म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद अधिकारी , प्रदिप न्याैपाने लगायतकाे उपस्थिति रहेको थियो । गाउँपालीका भित्रका ६ वटा विद्यालयका छात्राहरूले प्रतियोगितामा भाग लिएका खेल उपसंयाेजक महेश भट्टराईले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी